हिपमत डटकम

शनिबार, कार्तिक १९, २०७९ || 2419  पटक पढिएको

पथरी। गत स्थानीय तहमा वडाध्यक्षका उमेद्वार सहित १ सय जना भन्दा वढिले एमाले र माओवादी पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मोरङ क्षेत्र नं. २ को चुनावी घरदैलो अभियानका क्रममा गत स्थानीय तहमा पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष उम्मेदवार कमल कटुवाल, नेकपा एमाले वडा सहसचिव टंक बहादुर खड्का सहितको नेतृत्वमा माओवादी र एमाले छाडेर १ सय जना भन्दा वढिको जम्बो टोली कांग्रेस प्रवेश गरेको हो ।

पार्टी परित्याग गरी आउनेहरुलाई मोरंग क्षेत्र न -२ की उम्मेदवार सुजाता कोइराला, प्रदेश सभा सदस्य पदका उमेद्वार विनोद कार्की, प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार गोपालमान सिंह राजभण्डारी, केन्द्रिय सदस्य डा. डिला संग्रौला, कांग्रेस जिल्ला सचिव मोदराज घिमिरे, लगायतका नेताहरुले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!