हिपमत डटकम

शनिबार, कार्तिक १९, २०७९ || 792  पटक पढिएको

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार रहेका सीताराम मेहता अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मेहतालाई पुनः गठबन्धनको साथमा कांग्रेसले उम्मेदवार बनाएको छ ।

मेहता अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको बताउँदै आएका छन् । लोकप्रिय नेताको रूपमा छवि बनाएका उनले अघिल्लो निर्वाचनमा ‘गरिबको नेता, सीताराम मेहता’ भन्ने नारा झनै चर्चित बनेका थिए ।
जनतामाझ सरल, इमानदार र स्वच्छ छवि बनाएका मेहताले आफूले सहज रूपमै चुनाव जित्ने बताए ।
उनले भने, ‘मैले यसअघि थुप्रै विकासका काम गरेको छु, अब युवाको हितका निम्ति काम गर्छु । भौतिक विकास मात्रै नभई, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा पनि विशेष चासो लिएको छु ।’
अघिल्लो निर्वाचनमा जितेर राम्रा काम गरेकै कारण पार्टीले पुनः उम्मेदवार बनाएकाले आफूले गठबन्धनको साथका कारण पनि चुनाव जित्न सहज हुने बताए ।

‘गठबन्धनका साथीहरूलाई कांग्रेसले इमानदारपूर्वक मत हाल्छ, कांग्रेसलाई पनि गठबन्धनको मत आउँछ, चुनाव जित्नेमा दुईमत छैन’ उनले भने, ‘चुनाव जित्नेमा कुनै शंका नै छैन, तर मैले चुनाव जित्न मात्रै निर्वाचनमा होमिएको होइन, विकास निर्माणका काम बाँकी भएकाले चुनावी मैदानमा छु ।’
उनले आँफूले जनतासमक्ष गरेका चुनावी बाचा बाँकी नै रहेकाले पुनः चुनावी प्रतिष्पर्धामा होमिएको सुनाए । ०७४ को निर्वाचनमा मेहताले वाम गठबन्धनका हिमाल सुवेदीलाई पराजित गरेका थिए । ०७४ मा मेहताले ४१ हजार ४९५ मत ल्याउँदा पराजित सुवेदीको ३५ हजार ३४९ मत आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!