कृष्णा प्रसाद कुशवाहा

शुक्रबार, कार्तिक १८, २०७९ || 760  पटक पढिएको

वीरगन्ज । पर्सा जिल्लामा एमाले जसपाको गठबन्धनमा जसपा पार्टीबाट इमान्दारिता देखिएको छैन । जसपा पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नो पार्टीबाट बनेका उम्मेदवारहरु कसरी जित्ने हो भने त्यो दाउमा लागेका छन् ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं १ मा एमाले जसपाको गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार पूर्व वनमन्त्री प्रदिप यादव हुन् र एमाले जसपा गठबंधनबाट उनका बागी उम्मेदवार कोई छैनन् । क्षेत्र नं १ को (क)मा एमाले जसपा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार विचारी यादव हुन् भने जसपा नेता जन्न्त अन्सारीले बागी उम्मेदवार हुन । त्यस्तै क्षेत्र नं १ को (ख)मा गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गदी हुन् भने एमालेको तर्फबाट बागी उम्मेदवार छैनन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा एमाले जसपाको गठबन्धनबाट जसपाका उम्मेदवार कुर्मी हुन् र उनका एमालेबाट बागी उम्मेदवार कोई छैनन् । क्षेत्र नं २ को (क) मा गठबन्धनको तर्फबाट जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव उम्मेदवार हुन भने एमालेबाट उनका बागी उम्मेदवार छैनन् । त्यस्तै क्षेत्र नं २ को (ख)मा गठबन्धनको तर्फबाट एमालेका हरेराम पटेल उमेदवार हुन् भने जसपका रूपेशमान सिंह , मुकेश द्विवेदी र करिना बेगम बागी उम्मेदवार हुन ।

निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले जसपाको गठबंधनबाट एमालेका राजकुमार गुप्ता उम्मेदवार हुन र उनका जसपाबाट बागी उम्मेदवार छैनन् । क्षेत्र नं ३ को (क)मा गठबन्धनको तर्फबाट एमालेका मंजूर अंसारी उम्मेदवार हुन भने जसपाबाट प्रमोद जैसवाल बागी उम्मेदवार हुन । क्षेत्र नं ३ को (ख)मा गठबन्धनको तर्फबाट जसपाकी डा मधु गुप्ता उम्मेदवार हुन भने एमालेबाट उनका बागी उम्मेदवार छैनन् ।

निर्वाचन क्षेत्र नम्बर ४ मा एमाले जसपाको गठबंधनबाट एमालेका जालीम मियाँ उम्मेदवार हुन भने जसपाबाट उनका बागी उम्मेदवार छैनन् । क्षेत्र नं ४ को (क)मा गठबन्धनको तर्फबाट एमालेका पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु उम्मेदवार हुन भने जसपाबाट क्षेत्रिय अध्यक्ष जरी लामा उनका बागी उम्मेदवार हुन । क्षेत्र नं ४को (ख)मा गठबन्धनको तर्फबाट जसपाका शिंघासन् साह कलवार उम्मेदवार हुन भने एमालेबाट प्रह्लाद साह कानु उनका बागी उम्मेदवार हुन ।

यसरी हेर्दा एमाले जसपाको गठबंधनमा एमालेले बढी इमान्दारिता देखाएको छ भने जसपा पार्टीले आफु कसरी जित्ने दाउमा छ । जसपाले एमालेसंग गठबंधन स्वीकार नगरी गठबंधनको नाउँमा एमालेको मत लिने दाउपेचमा जसपा लागेको छ । गठबंधनको तर्फबाट एमालेका उम्मेदवार भएको ठाउँमा आफ्नो बागी उम्मेदवार लड़ाई एमालेलाई हराउने र आफु जित्ने दाउपेचमा जसपा लागेको बुद्धिजीवीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!