हिपमत डटकम

शुक्रबार, कार्तिक १८, २०७९ || 562  पटक पढिएको

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले हसिया हतौडामा भोट मागिरहेका छन् । डाक्टर शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनले सोही क्षेत्रको प्रदेशसभा क मा हसिया हतौडामा भोट मागेका हुन् ।

६ को क बाट माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्य उम्मेदवार छन् । गठबन्धनलाई जिताउन भन्दै उनले संघमा रुपमा र प्रदेशमा हसिया हतौडामा भोट मागेका हुन् ।

प्रदेशसभा सदस्यका उम्मेदवारसँग संयुक्त घरदैलो र कोणसभा गरिरहेका उनी मतदातालाई भोट हाल्न पनि सिकाउँदै छन् । क्षेत्र नम्बर ६ को ‘१’ मा पुग्दा उनी माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्यलाई भोट मागेका कोइराला ६ को २ मा आउँदा प्रदेशसभामा आफ्नौ पार्टीका उम्मेदवार केदार कार्कीलाई भोट माग्दै गठबन्धनको आवश्यकता र क्षेत्रको विकासका भावी योजना बारेमा जनतालाई सुनाउछन् ।

डाक्टर कोइरालाले ६ को १ मा आयोजित कोणसभाहरुमा आफूले बोलीसकेपछि अन्तिम समयमा सहभागीलाई भोट हाल्न सिकाउँदै भन्छन्, भोट के मा ? सहभागिले सुरुमा भने ‘रुखमा’ । प्रतिनिधिसभा सदस्यमा आफूले मागिसकेपछि उनी प्रदेशसभाका लागि भन्दै भन्छन् भो के मा ? कार्यकर्ताले भन्छन् ‘हसिया हतौडामा ।’ अभियान कै क्रममा माओवादीका स्थानीय नेताले उनलाई कामरेड भन्दै सम्बोधन पनि गरे । उनले माओवादी कार्यकर्ताको सम्बोधनलाई सामान्य रुपमा लिए ।

चुनावी कोणसभाहरुलाई सम्बोधनका क्रममा नेता कोइराला संविधानलाई रक्षा गर्न, लोकतन्त्रलाई मजबुत बनाउन, सुशासन कायम गर्नका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउँछन् ।

क्षेत्र नम्बर ६ को १ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्य माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कान्छा ज्वाईं हुन् । आचार्यको प्रतिस्पर्धी एमाले नेतृ रिता न्यौपाने छिन् ।

स्थानीय स्मृति बोडिङ स्कुलकी सञ्चालिक उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा बुढीगंगा गाउँपालिकाको उपाध्यक्षमा उठेर पराजित भएकी थिइन् । न्यौपाने आफ्नो माहोल राम्रो भएको बताउँछिन् । युवा स्वरोजगार, महिला सशक्तीकरणको मुद्दालाई प्राथमिकतामा राखेकी उनी जनताले राम्रैं प्रतिक्रिया दिइरहेको बताउँछिन् ।

घरदैलो गरिरहेका आचार्यलाई सर्वसाधारणले साथ दिइरहेको माओवादी नेता कपिल सुनारले बताए ।‘सांसद नहुदै उहाँले यो क्षेत्रमा धेरै काम गर्नुभएको छ,’ उनले भने,‘ एक पटक संसद बनाउने जनताको अभिव्यक्ती छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!