वीरगंज ।पर्सा क्षेत्र नंं. १ (क) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार सुधिर पटेलको पक्षमा जनलहर बढदै आएको छ ।
बिगत १८ वर्षदेखि विद्यार्थी राजनीतिको सुरुवात गरि तत्कालीन विद्यार्थी आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेलेका युवा नेता पटेलले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएको दिनदेखिनै मतदाता माझ लोकप्रिय रहेका पटेललाई आज वीरगंज महानगरपालिका वडा नं. १४ को बहुअरीमा घरदैलो कार्यक्रमका बेला स्थानीयले फुलमाला से भव्य रुपमा स्वागत गरेका छन् । स्वतन्त्र उम्मेदवार पटेलले विद्यार्थी, तरुण, युवा तथा अग्रजहरुको सुख, दुःख र समस्यामा सहयोग गरेको कारण जनताले आफ्नो अमूल्य मत दिएर जिताउने सो अवसरमा आश्वासन समेत दिएका छन् ।
आफू जितेको खण्डमा आफ्नो क्ष्ँेत्रमा आमूल परिवर्तन गर्ने सुधिरले जनता समक्ष्ँ बाचा समेत गरेका छन् ।
प्रायः दिनहुं जनताको घरदैलो पुग्ने ईमान्दार र स्वच्छ छविका युवा सुधिरलाई यसपाली मतदाताले परिवर्तन खोजेकोले र यसपालिको चुनावमा युवा र स्वतन्त्र उम्मेदवार प्रति जनताको सहानुभूति देखिएको पटेलको जित निश्चित रहेको बहुअरीका समिम मियांले बताए । पर्साको हरेक क्षेत्रमा विकासका लागि गठबन्धनको बिरुद्ध र आफ्नो क्षेत्रका लागि सक्षम उम्मेदवारकोे विकल्पको रुपमा आफुले उम्मेदवारी दिएको युवा नेता सुधिर पटेलले बताए ।
“यूवा देशका मेरुदण्ड हुन् । यूवालाई अलग्याएर देशले विकासको फड्को मार्न सक्दैन । राजनीतिमा एउटै व्यक्तिको अनुहार बारम्बार देखिनु र त्यो अनुहारले आफ्नै क्षेत्रका होनाहार यूवाहरुलाई अलग्याउंदा विकृत राजनीतिको विकास भएको छ ।” भन्दै पटेलले “समाजमा परिवर्तनका लागि यसपाली मतदाताले पनि जिम्मेवारीका साथ आफ्नो अमुल्य मत सही ठाउँमा प्रयोग गर्नेछन्” भनि विश्वास व्यक्त गरे ।