कृष्णा प्रसाद कुशवाहा

बुधबार, कार्तिक १६, २०७९ || 13496  पटक पढिएको

वीरगञ्ज । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) पर्सा जिल्लाका प्रभावशाली कृष्णा साह कलवार र शिव पटेलले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कलवार र पटेल आज विरगंजको एक होटेलमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्तासंग भेटघाट गरेर एमाले प्रवेश गरेका छन् ।

वीरगञ्जमा एउटा भव्य कार्यक्रमका बीच उहाँहरूले पार्टी प्रवेश गरेको राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष मोहमद निजाम जानकारी दिए ।

कलवार यसअघि गत स्थानीय तहको निर्वाचनमा तत्कालिन लोस्पा बाट बिन्दबासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । निर्वाचनमा जित हासिल नगरेपनि उनले आफ्ना प्रतिद्वन्द्वीलाई तत्कालिन , माओवादी केन्द्र , संघीय समाजवादी फोरम नेपाल र नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई कडा प्रतिष्पर्धा दिएका थिए ।

पर्सा जिल्लामा युवाहरु बीच सिंह एउटा लोकप्रिया व्यक्ती हुन् । उनी एमालेमा गएसँगै जिल्लामा युवाहरुको एउटा ठूलो समुहपनि एमालेमा लाग्ने निश्चित जस्तो छ ।

उनलाई एमाले प्रवेश गराउन पछाडीका प्रमुख नायक बिन्दबासिनी गाउँपालिकाका बबलू गुप्ता , हनीफ अंसारी र गम्भीरा साह रहेका छन् ।

पछिल्लो समय पर्सा जिल्लाको क्षेत्र नं ३ मा नेकपा एमाले प्रतिको आकर्षण बढ्दै गएको छ । यसअघि कयौँ नेताले आफ्नो पार्टी त्यागेर एमालेलाई रोजेका छन् ।

एमाले प्रवेश गर्नेमा सबैभन्दा धेरै मधेसवादी दलका नेता र कार्यकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!