हिपमत डटकम

बुधबार, कार्तिक १६, २०७९ || 13365  पटक पढिएको

उर्लाबारी । संयुक्त वाम लोकतान्त्रिक गठबन्धन मोरङ क्षेत्र नं. १ ले भेटघाट तथा छलफल कार्यक्रम ब्यापक बनाएको छ ।
मोरङ क्षेत्र नं. १ अन्तरगत पर्ने उर्लाबारी, मिक्लाजुङ र केराबारीमा पहलिो चरणको भेटघाट तथा छलफल सम्पन्न भएको छ भने लेटाङमा जारी छ । कार्तिक १६ गतेसम्म लेटाङमा भेटघाट र छलफल कार्यक्रम रहेको संयुक्त वाम लोकतान्त्रिक गठबन्धन मोरङ क्षेत्र नं. १ प्रचारप्रसार समितिका संयोजक शंकर राईले जानकारी दिनुभयो । पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको तालिम सार्वजनिक गरिने उहाँको भनाई छ ।

मोरङ क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा माहोल बढेको र प्रतिनिधिसभा तथा दुबै प्रदेशसभा सदस्य जित्ने सदस्य सचिब प्रेम मिभकले बताउनुभयो ।

आज लेटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डिगबहादुर लिम्बू, मोरङ क्षेत्र नं. १ (२) प्रदेशसभा सदस्यका उम्मेद्वार उपेन्द्रप्रसाद घिमिरेसहितले मतदाता भेटघाट, छलफललगायत कार्यक्रम गर्नुभएको छ भने मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यका उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) ले उर्लाबारी र मिक्लाजुङका भेटघाट कार्यक्रममा सक्रिय रहनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!