बीरेन्द्रकुमार साह

मंगलबार, कार्तिक १५, २०७९ || 9940  पटक पढिएको

बिराटनगर ।मोरङको सुनवर्षी नगरपालिकामा जसपाका १ सय ५२ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।आज मोरङको सुनवर्षी नगरपालिका वडा न -५ मा एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई बिधिवत रुपमा नेपाली कांग्रेसकी केन्दिय सदस्य तथा नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र न -२ कि उम्मेदवार सुजाता कोईरालाले अबिर र माला लगाएर पार्टी प्रवेश गराएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले हिपमत मिडियालाई बताए ।

गत स्थानिय तहको निर्वाचनमा जसपाको तर्फबाट सुनवर्षी नगरपालिका वडा न-५ मा वडाअध्यक्षका प्रत्यासी प्रेम कुमार दासको नेतृत्वमा उनिहरु नेपाली कांग्रेस प्रवेश गरेका हुन्न । दासले भने नेकपा एमालेलाई हामी कुनै हालतमा सहयोग गर्न सक्दैनौ रंगेली काण्डमा त्यही एमाले पार्टिको ईसारामा हाम्रा कयौ साथिहरुले गोलि खाए सहिद भए आज त्यही पार्टिसंग सत्ताको लोभमा उपेन्द्र यादवले तालमेल गरेकोले हामिले सयुक्त रुपमा जसपा पार्टी परित्याग गरेका हौ दासले आफ्नो भाषणको क्रममा भने ।

दासाले भने देशलाई निकास दिने पार्टी मात्र नेपाली कांग्रेस हो त्यही भएर हामिले नेपाली कांग्रेस नै रोजेका हौ र हाम्रो सौभाग्यको कुरा हो पुर्व उपप्रधानमन्त्री सुजाता कोईरालालाई हामिले आफ्नो उम्मेदवारका रुपमा पाएका छौ। कोईरालालाई जिताउन हामी कुनै कसर बाकि राख्दैनौ दासले बताए ।

यता पार्टी प्रवेश गरेका जसपाका नेता तथा कार्यकर्ताहरुलाई सम्मानजनक स्थान दिने नेपाली कांग्रेस क्षेत्र न -२ ख का सभापाती देबेन्द्र बहादुर बस्नेतले बताए ।

पार्टी प्रवेश गरेका सम्पुर्ण नेता तथा कार्यकर्तालाई सुजाता कोईरालाले स्वागत गर्दै भने मेरो जित नै तपाईहरुको जित हुने छ ।गिरिजाबाबुको चाहना थियो यो क्षेत्रको समग्र बिकाश हो गिरिजाबाबुको त्यही सपना पूरा गर्न मैले उम्मेदवारी दिएकी हुं हारजित हुँदै गर्छ तर यश क्षेत्रकोजनताको सपनाको हार नहोस ,भरोसाको हार नहोस कोईरालाले भनिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!