हिपमत डटकम

मंगलबार, कार्तिक १५, २०७९ || 7830  पटक पढिएको

उर्लाबारी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यका उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) ले जनता झुक्याएर झुकिनेवाला नरहेको उल्लेख गर्दै गर्न सकिने कामहरु मात्रै प्रतिबद्धता गरिएको बताउनुभयो ।

नेपाली कांग्रेस मिक्लाजुङले आज साँझ मधुमल्लामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य र दुबै प्रदेशसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले विजयी हासिल गर्ने दाबी गर्नुभयो ।

दिगो विकास र समृद्धिका लागि पनि यस पटक वाम लोकतान्त्रिक गठबन्धनले जित्नु पर्ने उहाँको भनाई छ । ‘चुनाब अघि गफ दिएर चुनाब पछि हराउँदिन’ उहाँले भन्नुभयो–‘हिजो प्रदेश सांसद हुँदा पनि जनताकै साथमा रहेर काम गरें, अब अधुरो र थप विकासका काम गर्ने योजना बनाएको छु ।’ उर्लाबारी र मिक्लाजुङका १५ वटा वडामा देखिने गरी काम गर्ने दृढ संकल्प रहेको उहाँले बताउनुभयो । ‘२०७४ सालको निर्वाचनमा अत्याधिक मतले विजयी गराउनु भयो’ उहाँले भन्नुभयो–‘पाँच बर्षमा १ अर्ब ५० करोड हाराहारीको बजेट ल्याउन पहल गरें, अबको ५ बर्षमा २ अर्बभन्दा बढीको योजना ल्याउन पहल गर्छु ।’

एक नम्बर क्षेत्रको विकास निर्माण गर्दै समृद्ध बनाउने एक मात्र उद्देश्य भएको भन्दै उहाँले अधुरा योजना पुरा गर्न मतदाताले मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभामा रुख, मोरङ क्षेत्र नं. १(१) मा गोलाकारभित्र हसिँया हथौडा र मोरङ क्षेत्र नं. १(२) मा कलम चुनाब चिन्हमा मतदान गरी वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गर्नुभयो । उर्लाबारी–मधुमल्ला सडकको कुरा चर्को रुपमा उठिरहेको बताउँदै उहाँले कार्तिक १६ वा १७ गतेदेखि सडक कालोपत्रेको काम सुरु हुने बताउनुभयो । ‘अबको ५ बर्षभित्रमा उर्लाबारी–मधुमल्ला गुणस्तरीय कालोपत्रेका लागि योजना ल्याउने जिम्मा डिगबहादुर दाई र मेरो हुनेछ’ उहाँले भन्नुभयो–‘ढुक्क भएर वाम लोकतान्त्रिक गठबन्धनलाई मतदान दिनुहोस्, विश्वास घात हुने छैन ।’
Write to Saroj Khaptadi Basnet

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!