हिपमत डटकम

मंगलबार, कार्तिक १५, २०७९ || 2703  पटक पढिएको

विराटनगर। आसन्न प्रदेशसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ (क) बाट स्वतन्त्रका तर्फबाट उम्मेदवारी दिएका नविन दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

दाहालले कांग्रेसबाट विद्रोह गरेर प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, कांग्रेस प्रदेश–१ का उपसभापति रमेशजंग रायमाझी, मोरङ कांग्रेसका कार्यबाहक सभापति नागेश कोइराला, क्षेत्रीय सभापति देवराज तामाङ, विराटनगर महानगर सभापति दीपक चापागाईं, युवानेता शिव ढकाल, वासु कोइराला, गठबन्धनका तर्फबाट प्रदेश सदस्यका उम्मेदवार जीवन आचार्यलगायतको उपस्थितिमा दाहालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

उनले कांग्रेसको पक्षमा माहोल सिर्जना गर्न आफूले उम्मेदवारी फिर्ता लिएको बताए । उनले भने, “अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ, मेरो उम्मेदवारीले समस्या नहोस् र उम्मेदवारी फिर्ता लिँदा कांग्रेसलाई फाइदा हुने देखेर फिर्ता लिएको हुँ ।”

दाहालले आफू ३३ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताए । उम्मेदवारी फिर्ता लिएसँगै आफू कांग्रेसमै रहेको जनाए । मोरङ क्षेत्र नम्बर ६ (क) मा गठबन्धनक तर्फबाट नेकपा माओवादी केन्द्रका युवानेता जीवन आचार्य प्रदेश सदस्यका लागि उम्मेदवार बनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!