हिपमत डटकम

मंगलबार, कार्तिक १५, २०७९ || 2187  पटक पढिएको

हाल जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार इङ्ग्ल्यान्ड र न्युजिल्यान्डबीच भएको खेलमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हराएको छ । इङ्ग्ल्यान्डको जितपछि समूह–१ मा रहेका तीन टिमको समान ५ अंक बन्न पुगेका । चार खेलपछि न्युजिल्यान्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाबीच पाँच अंक रहेको छ । तथापि रन रेटका आधारमा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थान र तेस्रो स्थानमा अस्ट्रेलिया । चौथो स्थानको श्रीलंकाको ४ अंक छ ।

उनीहरूले थप एक खेल खेल्न बाँकी छ । अब अन्तिम चरणमा आयरल्यान्ड–न्युजिल्यान्ड, अस्ट्रलिया– अफगानिस्तान र इंग्ल्यान्ड–श्रीलंका भिड्दैछन् । मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ६ विकेटको क्षेतिमा १७९ रन बनाउँदै १८० रनको टार्गेट दिएको थियो । सो लक्ष्य पछ्याएको न्युजिल्यान्डले जम्मा १५९ रन मात्र जोड्न सक्यो ।

इंग्ल्याण्डको जितमा ओपनर जोस बटलरको ७३ रन र एलेक्स हल्सले ५२ रन तथा बलर क्रिस ओएक्स र साम कुरानले लिएको २–२ विकेट महत्वपूर्ण रह्यो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!