हिपमत डटकम

सोमबार, कार्तिक १४, २०७९ || 734  पटक पढिएको

इन्स्टाग्राममा एक पोष्ट सेयर गर्दै कोहलीले खेलाडी र सेलिब्रेटीलाई मनोरञ्जनको स्रोत मात्र मान्न नहुने बताएका छन् ।

कोहलीले सेयर गरेको भिडियोमा कोहली कोठामा नभएको बेला पनि कोहलीको होटलको कोठामा कोही प्रवेश गरेको देखिन्छ । कोहलीले लेखे, ‘म बुझ्छु कि फ्यानहरू आफ्ना मनपर्ने खेलाडीहरू देखेर धेरै उत्साहित हुन्छन् र उनीहरूलाई भेट्न चाहन्छन् । मैले सधैं यसको प्रशंसा गरेको छु । तर यो भिडियो आहत पार्ने किसिमको छ र म मेरो गोपनीयताको बारेमा चिन्तित छु ।’

कोहलीले भने, ‘यदि मैले मेरो होटलको कोठामा पनि गोपनीयता पाउन सकिन भने, म कसरी मेरो व्यक्तिगत ठाउँको अपेक्षा गर्न सक्छु ? मलाई यस प्रकारको जुनून र गोपनीयतामा हस्तक्षेप गर्ने तरिका मन पर्दैन । कृपया मानिसहरूको गोपनीयताको सम्मान गर्नुहोस् र उनीहरुलाई आफ्नो मनोरञ्जनको सामान भनेर नसोच्नुहोस् ।’

अष्ट्रेलियाका खेलाडी डेभिड वार्नरले पनि कोहलीको इन्स्टाग्राम पोस्टमा प्रतिक्रिया दिएका छन् । वार्नरले लेखेका छन्, ‘यो हास्यास्पद छ, यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन । कोहलीकी पत्नी अनुष्का शर्माले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा विराटको पोस्ट सेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!