हिपमत डटकम

शनिबार, कार्तिक १२, २०७९ || 952  पटक पढिएको

विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) बाट नेकपा एमालेका उम्मेद्वार पर्शुराम बस्नेतले यस क्षेत्रका जनतासँगै आफ्नो भविष्य पनि जोडिएको बताउनु भएको छ ।

आफु पनि यसै क्षेत्रको बासिन्दा रहेको भन्दै उहाँले यहाँका जनतालाई समस्या हुदाँ आफुलाई पनि हुने बताउनु भयो । चुनावी अभियानका क्रममा क्षेत्रका जनताको घरदैलोमा पुग्दै बस्नेतले यस क्षेत्रको विकास र यहाँका समस्या समाधानका निम्ति आफु दिनरात जनताकै माझमा रहेर हिड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विकास निर्माण, सामाजिक समस्या हरेक हिसावले यस क्षेत्रका जनतासँग प्रत्यक्ष आफु जोडिने भएकाले आफ्नो र सन्ततीको भविष्यका लागि पनि इमान्दारिता पूर्वक काम गर्ने उहाँले बताउनु भयो ।

यसअघि अन्यत्रका व्यक्ति उम्मेदवार बन्दा यहाँका जनताको भावना बुझ्न नसकेको सर्वत्र गुनासो आइरहेको बेला बस्नेतले भन्नु भयो ‘तपाईंका समस्या समाधान गर्न तपाईंकै क्षेत्रको उम्मेदवारलाई जिताउने दायित्व पनि तपाईंहरु कै हो ।’

दशकौंदेखि यहि रहेर जनताका हरेक दुखसुखको साथी बन्दै आएको भन्दै उहाँले आफ्नो क्षेत्रका तमाम समस्याहरुलाई राम्रोसँग बुझेको बस्नेतले बताउनु भयो ।

जनतालाई झुटो आश्वासन नदिने भन्दै क्षमता र कानुनले दिएसम्मको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस बाहेक तीनै तहको सरकारसंग समन्वय गरी जनताका समस्या समाधानका लागि लाग्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!