तनहुँ। आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभाको निर्वाचनमा तनहुँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका विजय जोशी मतदाताको घर घरमै पुगेर मत माग्न थाल्नु भएको छ । न्यून पार्टी कार्यकर्ता भएका कारण उहाँ एक्लै घर घरमा पुगेर मत माग्न थाल्नुभएको हो । तनहुँको शुक्लागण्डकी ७ निवासी जोशीले शनिबार भिमाद नगरपालिका ८ भागरमा पुगेर रास्वपाको घण्टी चिन्हमा मतदान गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।
पुराना दल र नेताबाट देशको विकास सम्भव नभएको भन्दै युवालाई मत दिएर देशको विकासमा योगदान गर्न उम्मेद्वार जोशीले आग्रह गर्नुभयो । रवि लामिछाने र घण्टी चिन्हलाई जनस्तरमा परिचित बनाएर आफ्नो पक्षमा मतदाता ल्याउने योजनामा आफु रहेको पनि उहाँले बताउनुभयो । ‘हामी ठुलो एजेण्डा सहित चुनावमा भाग लिएका छैनौँ ।
’ उहाँले भन्नुभयो, ‘देशमा भएको नियम कार्यन्वयन गराउने हाम्रो प्रमुख एजेण्डा हो ।’ स्वास्थ्य र शिक्षा जनतालाई भार नपर्ने गरि ब्यवस्था गर्न समेत रास्वपाका उम्मेदवारहरुले निर्वाचन जित्नुपर्ने जोशीको भनाई छ । उनले विशेष गरि विदेशमा रहेका नेपालीहरुले आफ्नो परिवारलाई भेटेर मत माग्न आग्रह गरेकाले मतदाता समक्ष पुग्ने अभियान सुरु गरिएको बताउनुभयो ।
उहाँले आईतबारबाट निर्वाचन क्षेत्रका विभिन्न क्षेत्रमा सभा सहितको कार्यक्रम गरिने जानकारी दिनुभयो । आईतबार ढोरफिर्दीमा मतदाता भेट तथा चुनाव प्रचार प्रसार गरिने रास्वपा शुक्लागण्डकीको तयारी छ ।