हिपमत डटकम

बुधबार, कार्तिक ०२, २०७९ || 1169  पटक पढिएको

कात्तिक २ गते । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पदक तालिकाका विभागीय टोली त्रिभुवन आर्मी क्लबले वर्चस्व कायम गरेको छ । प्रतियोगिताको पाँचौ दिन अर्थात् मंगलबार रातिसम्म आर्मीले सर्वाधिक एक सय ८५ पदकसहित शीर्षस्थान यथावत राखेको हो ।

आर्मीले सर्वाधिक ८८ स्वर्ण, ५८ रजत र ३९ कांस्यसहित कूल एक सय ८५ पदक जितेको छ । खेलको सुरुवात देखिनै पदकमा पकड जमाएको आर्मीले दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबभन्दा दोब्बर पदक जितिसकेको छ ।

भाग लिएको सबै खेलमा पदक जितेको आर्मी टिम च्याम्पियन बन्ने निश्चित छ । नवौं खेलकुदमा सर्वाधिक पदक जित्दै च्याम्पियन बन्ने टोलीले यसपटक १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी पुरस्कार पाउनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) पहिलो पटक च्याम्पियन टोलीलाई विशेष रनिङ ट्रफी पुरस्कार प्रदान गर्न लागेको हो । आर्मी अघिल्लो संस्करणको पनि च्याम्पियन टोली हो ।

 

यसैगरी पदक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले मंगलबार रातिसम्म पुलिसले ३७ स्वर्ण, ३१ रजत र ४० कांस्य गरी एक सय ८ पदक जितेको छ । तेस्रो स्थानमा रहेको विभागीय अर्को टोली शसस्त्र प्रहरीको एपीएफ क्लबले ३१ स्वर्ण, ३४ रजत र ५५ कांस्यसहित कूल एक सय २० पदक हात पारेको छ ।

चौथो स्थानमा रहेको आयोजक गण्डकी प्रदेशले १६ स्वर्ण, १५ रजत र ३० कांस्य गरी कूल ६१ तथा पाँचौं स्थानमा रहेको बागमती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कांस्यगरी कूल ७४ पदक जितेको छ ।

छैटौं स्थानमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नौ स्वर्ण, सात रजत र पाँच कास्य गरी २० पदक जितेको छ । एनआरएनएले सबै स्वर्ण पौडीमा जितेको हो । सातौं स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कांस्य पदकगरी कूल ३२, आठौं स्थानमा रहेको मधेश प्रदेशले पाँच स्वर्ण, सात रजक र १९ कांस्यगरी ३१ पदक, नवौं स्थानमा रहेको प्रदेश–१ ले तीन स्वर्ण, १६ रजत र ३२ कांस्यसहित ५१ पदक जितेको छ ।

 

१०औं स्थानमा रहेको लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कांस्यगरी ३७ पदक तथा अन्तिममा रहेको कर्णाली प्रदेशले एक स्वर्ण, दुई रजत र सात कांस्यगरी जम्मा १० पदक जितेको छ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा कूल चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको हो ।

खेलमा क्रममा आर्मीका प्याराग्लाइडिङ खेलाडी निमिस थापाको मृत्यु भएपछि प्याराग्लाइडिङ स्पर्धानै स्थगित भएको छ । प्याराग्लाइडिङ खेल पुनः सञ्चालन गर्ने विषयमा छलफल भईरहेको राखेपले जनाएको छ । नवौं राष्ट्रिय खेलकुदको समापन शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!