हिपमत डटकम

शुक्रबार, आश्विन २८, २०७९ || 5919  पटक पढिएको

उर्लाबारी। मोरङ क्षेत्र नम्बर १ बाट आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य उम्मेदवार संविधानसभा सदस्य तथा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’संग गुरु भेट गर्नुभएको छ ।

शुक्रबार इलामको माङ्सेबुङ ५ लारुम्बा गुरुनिजि आश्रमस्थित गुरु आत्मानन्द सेइङ संग लिम्बूले भेट दर्शन गर्नुभएको हो । मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाको उम्मेदवार समेत रहनुभएका लिम्बूले किरात धर्मगुरुसंग आशीर्वाद लिनुभएको छ ।

मोरङ क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका डिगबहादुर लिम्बू र एमाले गठबन्धनबाट नेता घनश्याम खतिवडाको मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा खतिवडा लिम्बूसंग पराजित भएका थिए । त्यस्तै २०७४ को निर्वाचनमा लिम्बू खतिवडा संग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!