हिपमत डटकम

बिहिबार, आश्विन २७, २०७९ || 10091  पटक पढिएको

रतुवामाई । यतिबेला उम्मेदवारहरुले स्थानिय नेता तथा कार्यकर्ता संगकोे भेटलाई तिब्र पारेका छन् । टोलटोलमा चुनावी चहलपहल शुरु भएको छ ।कार्यकर्ताहरु चुनाव केन्द्रीत हुन थालेका छन् ।
मोरङ क्षेत्र न. २ मा नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले स्थानीय नेता तथा कार्यकर्ता संगको भेटघाटलाई तिव्र बनाएकी छन् ।

उनले स्थानिय जनताको भावना अनुरुप चुनावी एजेण्डा कस्तो बनाउने र कसरी अगाडी बढ्ने भन्ने विषयमा गृहकार्य गरिरहेकी छन् । आफ्नो क्षेत्रमा पर्ने रंगेली,सुनबर्सी ,रतुवामाई ,कानेपोखरी तथा पथरीशनिश्चरेका वडाहरुमा भेटघाटलाई तिव्रता दिइरहेकी छन् ।

विहिबार रतुवाइमाइका विभिन्न स्थानका नेता तथा कार्यकर्तासंग भेटघाट गरिएको कोइरालाका सचिवालयले जानकारी दिए । जिल्लाको प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुट्दै गर्दा राजनीतिक दलहरु पनि माहोल आफ्नो पक्षमा लिन वडा स्तरसम्म खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!