बिराटनगर। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छिन्।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको क्षेत्रबाट यस पटक सुजाताले प्रतिस्पर्धा गर्ने भएकी हुन्।
आज ११ बजे मोरंग क्षेत्र न -२ डाइनिया स्थित बिपी केन्द्रमा भेला भएर नोमिनेसन गर्न जाने तयारी गरेको क्षेत्रिय उपसभापति देबेन्द्र बहादुर बस्नेतले बताए।
बस्नेतले भने यस पटक पनि हामि सहजै जित निकाल्ने छौ क्षेत्रको जनताको साथ् हामीलाई हुने उनले बताए। सुजाताको उम्मेदवारीले क्षेत्र न-२ को महिलाहरु बढी उत्साहित भएको महिला नेत्री फुलमती गोढीले बताईन्।