हिपमत डटकम

शनिबार, आश्विन ०८, २०७९ || 1846  पटक पढिएको

नागपुरमा भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । वर्षाका कारण खेल आठ–आठ ओभरको भएको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले सर्वाधिक ४३ र आरोन फिन्चले ३१ रन बनाए । भारतका लागि अक्षर पटेलले दुई र युजभेन्द्र चहलले एक विकेट लिए ।

 

जवाफमा रोहित शर्माको शानदार इनिङ्सका कारण भारतले आठौँ ओभरमा जित निकालेको थियो । शर्माले अविजित ४६ रन बनाए । विराट कोहली ११, केएल राहुल १० र हार्दिक पाण्ड्याले मात्र ९ रन बनाउन सके । दिनेश कार्तिक १० रनमा अविजित रहे ।

रोहित शर्माले खेलको पहिलो ओभरमा तीन छक्का प्रहार गर्दै टी–२० मा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । उनले न्युजिल्यान्डका मार्टिन गुप्टिललाई पछि पारेका हुन् । गुप्टिलले १७२ छक्का प्रहार गरेका छन् । आजको खेलमा रोहित शर्माले चार छक्का प्रहार गरेसँगै उनको छक्काको सङ्ख्या १७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!