हिपमत डटकम

शुक्रबार, आश्विन ०७, २०७९ || 492  पटक पढिएको

कठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रूपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सु–सञ्चालन गर्न सफल भएको बताउनु भयो। उहाँले सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिकर्मीका लागि यादगार कृति हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘‘सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासमा सुप्रसिद्ध व्यक्ति हुनुहुन्छ। आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सु–सञ्चालन गर्न सफल हुनुभयो। उहाँको जीवनकालमा मुलुकमा धेरै सकारात्मक काम भए। मुलुकले इतिहासमा पहिलोपटक जनमतसंग्रह समेत उहाँकै कार्यकालमा भएको थियो। नेपाली राजनीतिका विभिन्न आरोह, अवरोह भोग्नुपरेका सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि एउटा गतिलो कृति हुनेछ। यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिकर्मीका लागि यादगार कृति हुने विश्वास लिएको छु।’

प्रधानमन्त्री देउवाले थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गर्नुभएको पनि उल्लेख गर्नुभयो।
यो खबर गोरखापत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!