बरियारपट्टी। सिरहाको दक्षिणवर्ती गाउँपालिका बरियारपट्टीले सातौं गाउँ सभा सम्पन्न गरेको छ । भदौं १५ गते बुधबार सम्पन्न गरिएको उक्त गाउँ सभाबाट गाउँपालिकाले आर्थिक बर्ष ०७९/०८० को लागि कूल बजेट रु ६६ करोड २४ लाख १७ हजार विनियोजित गरिएको छ ।

गाउँपालिका अध्यक्ष सन्तोष महतोको अनुसार कुल चालु तथा पूँजिगत तर्फ विनियोजित रकम मध्ये वडा तर्फ चालु खर्च र पुंजिगत खर्च तर्फ ४ करोड विनियोजन गरिएको छ । त्यस्तै गा.पा. को आर्थिक विकास तर्फ, समाजिक विकास तर्फ पुर्वाधार विकास र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र, कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ कुल बजेट रकम रु. २३ करोड ८६ लाख १७ हजार, बिषयगत शाखा तर्फ ससर्त अनुदान बाट रु. १६ करोड २५ लाख र गा.पा. वाट शिक्षा शाखा तर्फ रु. १ करोड ५० लाख, कृषि विकास शाखा तर्फ रु. २९ लाख, पशु सेवा शाखा तर्फ रु. ३० लाख, स्वास्थ्य शाखा तर्फ रु. ४९ लाख र विपद व्यवस्थापन शाखा तर्फ रु. १० लाख गरि कुल जम्मा रु. १८ करोड ९३ लाख विनियोजन गरिएको छ ।

संघीय सरकारको पुँजिगत शसर्त अनुदान रकम रु. २ करोड ३५ लाख र समपुरक अनुदान १ करोड ६० लाख गरि जम्मा रकम रु. ३ करोड ९५ लाख पुर्वाधार विकास तर्फ विनियोजन गरेको छ । प्रदेश सरकारको विषेश अनुदानको ३० लाख कृषि क्षेत्रमा र समपुरक अनुदान रु. २० लाख पूर्वाधार विकास शाख तर्फ विनियोजन गरेको छ । साथै सामाजिक सुरक्षा भत्ता वितरण खर्च तर्फ रकम रु. १५ करोड विनियोजन गरेको छ।

यता बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिनोद कुमार यादवले आपती जनाएका छन् । नेकपा माओवादीबाट निवार्चित वडा अध्यक्ष यादवले भने आषाढ १० गते सम्म सम्पन्न हुनु पर्ने गाउँ सभा भदौं १५ मा भयो । हामीले शिक्षा, स्वास्थ्य र कृर्षीलाई प्राथमीकतामा राखि योजनाहरु प्रस्तुत गर्नका लागि जोड दिएका थियौं । तर हाम्रो कुरालाई बेवस्ता गदै गाउँपालिका अध्यक्षले आफ्नै ढङगले प्रस्तुत गरेको आरोप लगाए ।

शिक्षा र स्वास्थ्यमा पछाडी रहेको यस गाउँपालीकामा अध्यक्षले ध्यान नदिएको बताए । हामीले हाम्रो यस गाउँपालिकालाई आतम निर्भर बनाउँको लागि कृर्षीमा जोड दिनु पर्ने बताए । जब सम्म कृर्षीमा आतम निर्भर हुन सक्दैन तब सम्म यहाँका जनताका आय स्रोतमा बृद्धी हुन सक्दैन् । त्यही भएर यहाँका कृषकहरुका लागि बिषेश किसिमका योजनालाई कृर्षी उत्पादनमा बृद्धी गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34