हिपमत डटकम

शनिबार, भाद्र ११, २०७९ || 2191  पटक पढिएको
नेपाल–भारत जोड्ने डेढसय वर्ष पुरानो जीर्ण झुलाघाटको झोलुङ्गे पुल । तस्बिर : गोकर्ण दयाल

बैतडी। नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमानाका झुलाघाटमा पक्की पुल नहुँदा दुई देशका नागरिक डेढ सय वर्ष पुरानो जीर्ण झोलुङ्गे पुलबाट आवतजावत गर्दैआएका छन् । पटक पटक जीर्णपुल मर्मत गरिए पनि पुल कतिखेर भाँचिने हो स्थानीयमा त्रास छ । करिब डेढसय वर्षअघि ईस्टइण्डिया कम्पनीले बनाएको पुल जीर्ण भएकाले पुल तर्दा त्रसित भएर आवतजावत गर्नुपरेको झुलाघाटका स्थानीय जयसिंह भाटले बताउनुभयो ।

चार दशक अघि नै झुलाघाटसम्म सडक सुविधा पुगेको थियो । नाकामा मोटरेवल पुल नहुदाँ सीमा वारपार गर्ने यात्रु र सर्वसाधारणलाई सास्ती खेप्नुपरेको छ । बैतडीको दशरथचन्द नगरपालिका –१०, का कतिपय नेपाली विद्यार्थी दैनिकजसो झुलाघाट पारि भारतीय विद्यालयमा अध्ययनका लागि जीर्ण पुल तरेर जानेगरेका छन् ।

सीमानाकामा मोटरेवल पुल नभएका कारण भरियामार्फत सामान आयात निर्यात गर्नुपर्दा प्रतिकिलो सात रुपियाँ भाडा तिर्नुपरेको झुलाघाटस्थित व्यापारी रघुवीर थापाले बताउनुभयो ।

भरियामार्फत सामान आयात निर्यात गर्नुपर्दा प्रतिकिलो सात रुपियाँ भाडा तिर्नुपरेको झुलाघाटस्थित व्यापारी रघुवीर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “झुलाघाट नाका भएर भारतीय पर्यटक बैतडीको त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि आउनेगरेका छन् । दुई देशका नागरिकबीच हुने विवाहलगायत धार्मिक कार्य गर्दा झुलाघाटमा पक्की पुल नहुँदा समस्या खेप्नुपरेको छ ।” बैतडीका मन्दिरको दर्शन गर्न भारतीय पर्यटक महेन्द्रनगरको गड्डाचौकी भएर दुई दिनको बाटो पार गर्नुपर्दा धार्मिक पर्यटकको यात्रा महङ्गो हुँदा पर्यटन प्रवद्र्धन हुन नसकेको उहाँको भनाइ छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश पहाडी क्षेत्रका सर्वसाधारण रोजगारीका लागि अहिले पनि झुलाघाट नाका भएर आवतजावत गर्दै आउनुभएको छ । पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुदाँ सुदूरका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायत जिल्लाका सर्वसाधारण उपचारका लागि यही नाका भएर भारतीय अस्पताल पुग्नेगरेका छन् ।

पुलको लागि रिले अनशन

झुलाघाटमा पक्की पुल निर्माणका लागि २०७६ भदौं २३ गतेदेखि एक महिना लामो रिले अनशन बसे पनि पुल निर्माणका लागि कुनै पहल नभएको उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो ।

झुलाघाटसम्म पक्की सडक भए पनि सीमामा मोटरेवल पुल नहुँदा उपचारका लागि भारत जाने बिरामीलाई झुलाघाट नाकाबाट स्ट्रेचरमा बोकेर भारत पारी लैजानुपर्ने बाध्यता रहेको छ ।
अध्यक्ष चन्दले भन्नुभयो, “झुलाघाटमा पक्की पुलका लागि बैतडीमा अनशन बस्यौं, तर दार्चुलामा पक्की पुल बन्ने ठेक्का भएको खबर आएको छ । दार्चुलामा त त्यसै पनि सात वटा झोलुङ्गे पुल छन् । झुलाघाटमा बन्नुपर्ने पक्की पुलको सुनुवाइ भएन ।”

दुई दशकअघि उद्योग बाणिज्य सङ्घ बैतडी र भारतीय व्यापारीको अगुवाईमा पक्की पुल निर्माणको माग राख्दै १० हजार हस्ताक्षर संकलन गरेर नेपाल सरकार र भारतीय राजदुताबासमा ज्ञापनपत्रसमेत बुझाएको उहाँले बताउनुभयो ।

बैतडी सदरमुकामबाट १८ किलोमिटर दूरीको झुलाघाटसम्म पक्की सडक भए पनि सीमामा मोटरेवल पुल नहुँदा उपचारका लागि भारत जाने बिरामीलाई झुलाघाट नाकाबाट स्ट्रेचरमा बोकेर भारत पारी लैजानुपर्ने बाध्यता रहेको छ ।यो खबर गोरखापत्र अनलाईनमा गोकर्ण दयालको नाममा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!