हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 15469  पटक पढिएको

बिराटनगर। नेपाल टाईम्स मिडिया प्रा.लि. छ्रैठौं वर्षमा प्रवेश गरेको छ । २०७४ साउन २४ गते प्रदेश १ को राजधानी विराटनगरमा स्थापना भई अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनमार्फत प्रकाशन, प्रशारण हुँदै आएको नेपाल टाईम्सले मंगलबार विराटनगरका पत्रकारहरु माझ आफ्नो वार्षिकउत्सव मनाएको हो ।

नेपाल टाईम्सको विराटनगरसिथत भृकुटी चौकस्थित कार्यालयमा आयोजित वार्षिक उत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले नेपाल टाईम्सले संचार संस्थाहरुमा छुट्टै छाप छोड्न सफल भएको भन्दै सत्य तथ्य समाचार संप्रेक्षण र समाचारको विश्वसनीयता तथा प्रभावकारिताका लागि शुभकामना दिएका छन् । उनले पछिल्लो समय श्रमजिवी पत्रकारहरुको व्यवसासियतामा संस्थाले खेलेको भूमिकाको समेत प्रशंसा गरे ।

यस्तै शुभकामना दिदै अग्रज पत्रकार धर्मराज ढकालले पछिल्लो समय अनलाइन संचारमाध्यामहरुको प्रभावकारिता बढ्दै गएको भन्दै यसका चुनौतीहरुलाई चिर्न सक्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव तथा नेपाल प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सञ्जिव खनाल, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, नेपाल पत्रकार महासंघ प्रदेश १ का पूर्व अध्यक्ष विक्रम लुईटेल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्वअध्यक्ष बन्धु पोखरेल लगायतले पत्रकारिता क्षेत्रको व्यवसायिता र अनलाइन संचारमाध्यामका चुनौतीका विषयमा प्रकाश पार्दै संचार क्षेत्रमा नेपाल टाईम्सले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाल टाईम्स मिडिया प्रा.लि.का निर्देशक सहैन्शा सिद्दिकीले संचार संस्थाको आगामी योजना र संचारक्षेत्रका चुनौतीका विषयमा प्रकाश पारेका थिए । उनले आगामी दिनमा देशकै अग्रणी संचार संस्थाका रुपमा नेपाल टाईम्सलाई उभ्याउने आफ्नो लक्ष्य रहेको बताए ।

सो अवसरका नेपाल टाईम्सका समाचार प्रमुख हरिहर नेपालले नेपाल टाईम्सको अहिलेसम्मको यात्रा र संस्थाले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान र चुनौतीका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा समाचार संयोजक तथा वरिष्ठ समाचार प्रस्तोता रन्जिता पोखरेलले स्वागत मन्तब्य राखेकी थिइन् । नेपाल टाईम्सले सामाजिक, आर्थिक, राजनीतिक, अन्तर्राष्ट्रिय, मनोरञ्जनात्मक लगायत थुप्रै विधामा सत्यतथ्य र निष्पक्ष ताजा समाचारहरु अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनमार्फत पाठक तथा दर्शक समक्ष संप्रेक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!