हिपमत डटकम

शुक्रबार, आषाढ १७, २०७९ || 5160  पटक पढिएको

विराटनगर। प्याब्सन विराटनगर महानगर कार्य समितिले विराटनगर महानगरपालिकामार्फत बाढी र डुबानपीडितलाई राहत वितरण गर्ने गरी नगद रकम उपलब्ध गराएको छ ।

प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी नेतृत्वको टोलीले बिहीबार महानगरका मेयर नागेश कोइरालालाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । विपदको बेला सहयोग गर्नु मानवीय धर्म भएकाले महानगरमार्फत हुने विपद व्यवस्थापनका लागि राहत रकम उपलब्ध गराइएको प्याब्सनका अध्यक्ष बुढाथोकीले बताउनुभयो । प्याब्सन महानगर समितिले सदस्य चिरञ्जीवि तिम्सिनाको संयोजकत्वमा बाढीपीडित सहयोग उपसमिति बनाएको थियो । आफ्ना सदस्य विद्यालयहरुबाट संकलन गरिएको रकम महानगरपालिकामार्फत राहत वितरण गर्ने गरी राहत रकम हस्तान्तरण गरिएको संयोजक तिम्सिनाले जानकारी दिनुभयो ।

एकद्वार प्रणालीमार्फत राहत वितरण गर्दा पारदर्शी र वास्तविक पीडितले पाउने भएकाले महानगरलाई राहत रकम उपलब्ध गराइएको उहाँले प्रस्ट पार्नुभयो । राहत रकम बुभ्mदै मेयर कोइरालाले महानगरको आह्वानलाई आत्मसात गरेर रकम उपलब्ध गराएकोमा प्याब्सनलाई धन्यवाद दिनुभयो ।

प्याब्सनले यसअघि पनि विपदको समयमा खाद्यन्न, लत्ताकपडा वितरण गर्दै आएको छ । मेयर कोइरालालाई अध्यक्ष बुढाथोकी, संयोजक तिम्सिना, सचिव अशोक लामा, कोषाध्यक्ष नन्दलाल मण्डल, सदस्य हिरा थापालगायतले चेक हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!