इशिका नेपाल

बुधबार, आषाढ १५, २०७९ || 7815  पटक पढिएको

काठमाडौँ । लोकप्रिय पप गायक बिजय लामाले नलाउ भन्छु माया बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

गायक तथा संगीतकार संजिब पुडासैनीको शब्द तथा संगीतमा तयार भएको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ । गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिगं रहेको छ । भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय रहेको छ ।

प्रेम, रोमान्स र धोकालाई नजिकबाट केलाइएको नलाउ भन्छु मायामा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा गायक लामा कलाकारका रुपमा नयाँ भूमिकामा देखा परेका छन् ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको छायांकन पर्यटकीय नगरी नगरकोटमा गरिएको हो ।

गायक लामाका तोगंबाको तातो पानी, नखानु पानी तोगंबाको, ए कान्छी तिमीलाई , भोली फर्की आउँछु आउँदिन, लगायतका गीतहरुले राम्रो चर्चा कमाएका छन् । गायक लामाको मंगलबार सार्वजनिक गरिएको गीतको भिडियो उनको आफ्नै च्यानल बिजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!