हिपमत डटकम

सोमबार, आषाढ १३, २०७९ || 27982  पटक पढिएको

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२२ ’ को अडिसन सुरु भएको छ । शनिबारबाट काठमाडौंदेखि प्रतियोगीताको अडिसन सुरु भएको हो । अडिसन ९ जुलाईसम्म चल्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

अडिसनमा देशभरबाट युवा युवतीले सहभागीता जनाइरहेका छन् । प्रतियोगीताको यो सातौं संस्करण हो । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीको सहभागीता रहनेछ । अडिसनबाट छानिएका प्रतियोगीको जानकारी ९ जुलाईको अन्तिम अडिसनपछि सार्वजनिक गरिनेछ ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ ।

अडिसनको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्रफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल) रुबिस्का श्रेष्ठ (ब्यवसायीक मोडल, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) लगायत रहेका छन् ।
प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहारसहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!