हिपमत डटकम

बुधबार, आषाढ ०८, २०७९ || 10751  पटक पढिएको

रामेछाप, ८ असार। गोकुलगंगा गाउँपालिका-६ ग्यामकिरी बस्ने ६२ वर्षीय आइते तामाङलाई १ थान भरुवा बन्दुक, १० ग्राम बन्दुकमा प्रयोग हुने बारूद र ४ थान फलामको टुक्रा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले आफ्नै घरभित्र भरुवा बन्दुक लुकाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!