हिपमत डटकम

सोमबार, जेठ ०९, २०७९ || 339  पटक पढिएको

परासी । पहिलो स्थानीय तह निर्वाचनमा मेयर पदमा उठेर हारेका माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय दोस्रो प्रयासमा उपमेयरमा विजयी भएका छन्।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेसको गठबन्धनबाट उपाध्यायले उपमेयरमा बाजी मारेका हुन्। उनले २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा उमेदवारी दिएका थिए। तत्कालीन नेकपा माओवादीबाट मेयरमा उमेदवारी दिएका उपाध्याय एमालेका उमेदवार धीरज शर्मा बस्यालसँग १० हजार ९६४ मतान्तरले पराजित हुँदै तेस्रो भएका थिए। बस्यालले १२ हजार ८१४ ल्याएर विजयी हुँदा उनले १ हजार ८५० मत पाएका थिए।

अहिले उनले १४ हजार ५९५ मत ल्याएका छन्। एमालेसँग गठबन्धन गरेर उपमेयरमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमुक्ति पार्टीकी तारा रानालाई ७८५ मतान्तरले पराजित गर्दै उपाध्याय विजयी भएका हुन्। उपाध्यायको १४ हजार ५९५ र रानाको १३ हजार ८१० मत छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!