राम प्रेम यादब

शुक्रबार, बैशाख १६, २०७९ || 934  पटक पढिएको

सिरहाको सुखिपुर नगरपालिकमा वि.पि. भुवन (भुवनेशवर प्रसाद यादव)को पक्षमा जनसागर ओरलेका छन् । । नेपाली कांग्रेसलाई अधार बनाएर राजनिती गदै आएको  भुवनलाई आउदो स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस सिरहाले मेयर पदको लागि टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

भुवन नगर भित्र एक असल, सरल, ईमन्दार नेताका रुपमा चिनिंदै आएका छन् । भुवन सुखीपुर नगरपालिका बचाऊ संधर्ष समितिका संयोजक भई तिस दिन सम्म अनव्रत रुपमा चरणबद्ध आन्दोलनको मोर्चा समाहाल्दै अन्त्यमा आमरण अन्सन्न समेत बसी नगरपालिका पुर्णस्थपना गराउन सफल भएका थिए।  यादव सुखीपुरलाई नगरपालिका बनाउनमा महत्तवपुर्ण भुमिका खेलेका थिए । नगरपालिका बनाउन धर्ना दिएर सरकारलाई दवाव दिएका थिए। धर्ना दिदा उनी कयै पल्ट थुनुवामा समेत परेका थिए ।

सुखीपुर नगरपालिका भित्र रहेको बेतिथि विरुद्ध नेता यादवले आवाज उठाउदै नगर भित्रका भ्रष्टाचारीहरुलाई जनता माझ ल्याएका थिए । “भ्रष्टाचार मुक्त नगर अभियानमा यदवले महत्तवपुर्ण योगदान रहेका छन्। उनी नगर भित्र रहेका किसानहरुका समस्या, युवा, विधार्थीहरु लगायत सबै प्रकारका समस्या प्रति आवाज उठाउदै आईरहेका थिए । विधार्थीहरुको लागी उनले नि:शुल्क लोक सेवाको कक्षहरु समेत संचालन गरेका थिए । नि:शुल्क कक्षामा सुखिपुर नगरपालिकाका विधार्थी मात्र नभई नजिकका धनगरीमाई नगरपालिका र बरियारपट्टी गाउँपालिकाका विधार्थी समेत कक्षा गर्ने गर्थे । यी र यस्ता कार्यले भुवन सिरहा जिल्ला भरी लोकप्रिय छन् ।

भुवनका निकट रहेका किरण यादवका अनुसार भुवन आफ्नो कामले युवाहरुमा निकै लोकप्रिय छन् । भुवनको सहयोगी स्वभावले युवामा मात्र नभई सबै वर्गका मानीसहरु रुचाउने गर्द छन् । उनी समस्यामा परेकाहरुलाई आफुले सके सम्मनको सहयोग गर्ने गर्छन् ।

कांग्रेसबाट टिकट नपाए पछि भुवनका अनुयायीहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिनको लागि आग्रह गरे पश्चताप उनी उम्मेदवारी दिएका हुन्।

भुवनको पक्षमा बिभिन्न सोशल मिडीयामा लेखेका पोष्टहरु यस प्रकारका छन् ।

शिव यादवले सोशल मिडीया फेसबुकमा लेखेका पोष्ट :-

अब निर्णय गर्ने पालो सुखिपुरनगर बाशीको :-

१. तपाईं भ्रष्टाचारी लाई भोट दिनु हुन्छ, कि भ्रष्टाचार बिरोधी लाई।
२.तपाईं यो नगरपालिकाको भविष्य बनाउने लाई भोट दिनु हुन्छ, कि आफ्नो महल बनाउने लाई।
३. तपाई नगरपालिकाका युवालाई लागूऔषत मुक्त अभियान बोकेर हिन्ने लाई भोट हाल्नु हुन्छ, कि युवा प्रती कुनै चासो नराख्ने लाई।
४. तपाई नगर पालिकाको विद्यार्थी लाई विशेष प्राथमिकताका साथ राजनिती गर्ने लाई भोट हान्नु हुन्छ, कि विद्यार्थी देखि कुनै मत्लब नभएको लाई।
५. तपाई नगरपालिकाको खेलाडीलाई विशेष प्राथमिकताका साथ राजनिती गर्नेलाई भोट हान्नु हुन्छ, कि खेलाडी देखि कुनै मतलब नभएको लाई ।
६. तपाई जनताको आपत बिपतमा साथ दिने राहत दिनेलाई भोट हाल्नु , कि राहतको पैसा भ्रष्टाचार गर्ने लाई ।
७. तपाई नगरपालिकाको स्कुलमा बच्चाको लागि खाजा पैसा भ्रष्टाचार भयो भनेर आवज उठाउने लाई भोट हाल्नु हुन्छ, कि खाजाको पैसा भ्रष्टाचार गर्ने लाई ।
८. नगरपालिकाको स्थापना गराउने लाई भोट हाल्नु हुन्छ, कि नगरपालिकामा लुटेर खाने लाई ।

सम्पुर्ण नगर बाशीमा दुई हाथ जोटेर बिन्म्र अनुरोध गर्छु तपाई लाई साची आफ्नो समाज आफ्नो नगर प्रती माया छ भने यसपालि युवा स्वतन्त्र उमेदवार बि पि भुवन लाई अत्यधिक मतले बिजय बनाउ ।

त्यसैगरी किरण कुमार यादवले लेखेको पोष्ट :-

पार्टी लाई होईन,व्यक्ति लाई जिताउ..!
हरेक पार्टीमा हरेक व्यक्ती योग्य ईमानदार हुन सक्दैन! तर हरेक पार्टीमा केहि व्यक्ति योग्य र ईमानदार अवश्य हुन्छ.. !
वर्षौ देखि निस्वार्थ समाजसेवा गर्दै आएका नगर सुधार समिति सुखिपुरका संयोजक युवा नेता वी पी भुवन यादव सुखिपुर नगरपालिका नगर प्रमुख पदमा स्वतन्त्र उमेदवारी दर्ता गराउनु भयो। विजयको अग्रिम शुभकामना

त्यसै गरी भुवनको पक्षमा कयै सोशल मिडीया प्रयोगकर्ताले उनका पक्षमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!