हिपमत डटकम

शुक्रबार, बैशाख १६, २०७९ || 507  पटक पढिएको

निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले तीन राजनीतिक दल, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शंशाक कोइरालालाई कारबाहीको सिफारिस गरेको छ ।

आयोग सचिवालयको बिहीबार बसेको बैठकले निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कारबाही गर्न सिफारिस गरेको स्रोतले जनाएको छ ।

यसैगरी आगोग सचिवालयले कोइराला र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि कारबाही सिफारिस गरेको हो ।

आयोगले राप्रपाले चुनाव प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गरेको, माओवादी केन्द्रले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर राखेर प्रचार गरेको भन्दै तीनै दललाई स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!