हिपमत डटकम

बुधबार, बैशाख १४, २०७९ || 466  पटक पढिएको

उदयपुर, १४ वैशाख । रौतामाई गाउँपालिका-५ रसुवा बजार बस्ने रत्न बहादुर राईको घरमा विद्युत सर्ट भई मंगलबार बेलुकी आगलागी हुँदा सोही ठाउँस्थित कमल राईको घरमा समेत फैलिएर दुबैजनाको गरी करिब ६३ लाख ३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीबाट रत्न बहादुरको घरमा रहेको सिरहा लहान नगरपालिका-२४ बस्ने दिनेश बिकको सुन चाँदि पसलमा रहेको २७ तोला सुन, ४० तोला चाँदी, होटल, किराना पसल, कपडा पसल, १ थान मोटरसाइकल र दुबै घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर लगायतका सामानहरू जलेर उक्त रुपैयाँ बराबरको धनमाल नष्ट भएको बुझिएको छ ।

स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!