हिपमत डटकम

मंगलबार, बैशाख १३, २०७९ || 480  पटक पढिएको

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर सोमबार राति करिब साढे १२ बजेतिर ठोक्किएका थिए ।

उक्त दुर्घटनामा स्कुटर चालक, काभ्रेको बेथानचोक गाउँपालिका-६ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल ठकुरी गाउँमा बस्दै आएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ । उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति १ बजेर १९ मिनेटमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा स्कुटर पछाडि बसेका म्याग्दीको बेनी नगरपालिका-४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले टिपर चालक रामेछापको दोरम्बा-४ घर भई हाल भक्तपुरको मध्यपुरथिमी- ७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुल बहादुर सापकोटालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!