
मोरगं जिल्लाको सुनवर्षी नगरपालिकामा अमरेन्द्र कुमार साहले मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । शाह लोकतान्त्रीक समाजवादी पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लोसपाका केन्द्रिय सदस्य रहेका शाह लामो समय देखि राजनितीमा सक्रिय छन् । उनी एक असल नेताको रुपमा स्थापित गर्न सफल भएका छन् ।
साह लोसपाका केन्द्रिय सदस्य भएपनि सुनवर्षीलाई मुख्य स्थान बनाएर राजनिती गर्दै आईरेका छन् । उनले आफ्नै गाउ ठाउँमा बसेर त्यहाँ आपत बिपत मा परेका जनताहरुलाई सेवा सहयोग गर्दै आईरहेका छन् र साथै अब आउने दिनमा पनी गरिब दुखिहरुलाई यसरी नै मदत गर्दै जाने छु भन्ने उनले बताए । राजनीतिलाई पेस होइन सेवाको रुपमा हेर्नु पर्छ , सेवा नै धर्म हो त्यसैले सेवालाई सधै निरन्तरता दिनु पर्छ भन्ने उनको भनाइ रहेको छ।
यस अघि संघिय निर्वाचन पनि लडेका उनलाई नगर बासीले यस पटक मेयरका रुपमा चुनाव लड्न सुझाव दिए संगै, नगरवासिकै सुझाव अनुसार साह अहिले स्थानिय निर्वाचनको तयारीमा ब्यापक तरिकाले जुटेका छन्।
उनि दिनरात आफ्नो पार्टीको सदस्यता बढाउन अहिले नगरको हरेक वडा टोलहरुमा जाने गरेका छन्। यस पटकको स्थानिय निर्वाचनमा आफुले मेयर पदमा जित्ने साह १००५ ढुक्क छन् ।