हिपमत डटकम

शनिबार, बैशाख १०, २०७९ || 1114  पटक पढिएको

सुनवर्षि। सुनवर्षि नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेले आफ्नो उम्मेदवार फाईनल गरेको छ ।

सुनवर्षि नगरपालिकाको मेयर पदकालागि श्याम राजबंशि र उपमेयर पदका लागि मिरादेवी दासको नाममा आज नेकपा एमाले मोरङले फाईनल गरेको छ ।

श्याम राजबंशि यसअघि माओवादी केन्द्रबाट गत निर्वाचनमा दोस्रो लोकप्रिय मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार मिरादेवी दास पनि गत निर्वाचनमा उपमेयरका उम्मेदवार बनेका थिए ।

यस पटक दुबै जना एमालेबाट फरक रणनीतिका साथ स्थानिय चुनावमा होमिएका छन् । यस पटक आफुहरुले बाजि मार्ने नेकपा एमालेका नेताहरुले हिपमत डटकमलाई बताएका छन् ।

मेयर पदका लागि फाईनल भएका नाम श्याम राजबंशि जनता माझ लोकप्रिय छन् । राजबंशि गत निवार्चनमा दोस्रो भएपनि जनता संगै थिए । उनी जनताका समस्यालाई नजिकबाट हेरेका थिए । कोरोना काल देखि अन्य समयमा समस्यामा रहेका जनतालाई सहयोग गर्ने गरेको थियो । जनताका समस्यालाई समधान गर्न राजबंशि तत्पर रहदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!