
सिरहा, ८ वैशाख। बिष्णुपुर गाउँपालिका-१ बिष्णुपुर बस्ने रोदल प्रसाद यादवको गोदामबाट बाट राईस कुकर ५ वटा, शेरा गोल्ड अण्डर प्याईट ५० पिस, मिक्चन पानी तताउने १० पिस तथा सोही गाउँपालिका-१ स्थित बाबा बिश्वकर्मा ज्वेलर्सबाट सवा १ तोला बराबरको सुनका गरगहना तथा अन्दाजी १ किलो बराबरको चाँदीका गरगहना बुधबार चोरी भएको छ ।

यसैगरी सिरहा, धनगढिमाई नगरपालिका-१ स्थित वडा कार्यालबाट ३ थान सिसि क्यामेरा र १ थान कम्प्युटर समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।