हिपमत डटकम

बिहिबार, बैशाख ०८, २०७९ || 493  पटक पढिएको

सुनसरी, २०७९ बैशाख ०८ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ मा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

 

बुधवार राती पौने ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा साँढे ९ बजे नहरमा खसेको मोटरसाईकल सहित चालक रामधुनी नगरपालिका-८ का ४३ बर्षीय धुर्व कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

 

नहरमा खसि मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!