रंजित चौरसिया

मंगलबार, बैशाख ०६, २०७९ || 699  पटक पढिएको

वीरगंज। स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब ५ बर्षमा पनि वीरगंजको मुहार जस्ताको त्यस्तै रहेको छ । वीरगंज महानगर भित्र विकासको निम्ति ठुला ठुला भाषण गर्ने मेयर सरावगीले निर्वाचनमा निर्वाचित भएको करिब पा“च बर्ष बिति सक्दापनि विकासको काम जस्ताको त्यस्तै रहेको बुझिन्छ ।

वीरगंज महानगरपालिकाको मुटु मानिने घण्टाघरमा समेत सडक निर्माणको अवस्था जिउको तिउ रहेको केही तस्बिरहरुले प्रष्ट पारेको छ । वीरगंज महानगरपालिका भित्र विकासको लहरनै ल्याउने प्रतिवद्धता जनाएका मेयर बिजय कुमार सरावगीले पा“च बर्ष बिति सक्दापनि विकासको काम केही गर्न नसकेको आरोप स्थानीय वीरगंजवासीले लगाउन थालेका छन । वीरगंजका सर्वसधारण जनताहरुले निर्वाचन अगाडी ठुलठुला भाषण गर्ने मेयर सरावगीले वीरगंजको मुल सडक मर्मत गर्न नसकेको बारे दुखेसो यस अनलाइन समक्ष ब्यान नै दिएका हुन ।

पा“च बर्षमा हुने निर्वाचनमा फेरी पनि मेयर बिजय सरावगीले पार्टी बदलेर वीरगंजका जनताहरु माझ भ्रम छर्ने काम गरेको वीरगंजका सर्वसधारणले दुखेसो गर्न थालेका छन । एक जना स्थानीयका अनुसार वीरगंज महानगरपालिका भित्र विकासको कामको लहर ल्याउने प्रतिवद्धता गरेका थिए, तर त्यसो कुनै किसिमको काम गर्न नसकेको उनले बताए । वीरगंजको मुल सडक मात्र नभई श्रीसिया नदी प्रदुषणको बिषयमा समेत केही चासो देखाउन नसकेको आरोप रानिघाट निवासीहरुले दुखेसो पोखेका छन ।

औधोगिक क्षेत्रहरुबाट मेयर सरावगीले मासिक करोडौ रुपैया आर्जन गरेकै कारण श्रीसिया नदी प्रदुषण मुक्त नभएको आरोप स्थानीयले आरोप लगाएका छन । उनका अनुसार, वीरगंज महानगरपालिकाको विकास मात्र पत्रपत्रिकाकै माध्यमले देख्न पाइयो तर स्थलगत रुपमा विकासको काममा अवरोध नै पु¥याएको मेयर सरावगी रहेको बताए । पा“च बर्ष मात्र कमिसनको चलखेलमा विकासको काम भयो, तर कमिसन नपाउदा धेरै जसो सडक नालाको अवस्था जिउको तिउ रहेको गुनासो स्थानीयले गरेका छन ।

वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले आफ्नो हैकमवादी चलाउन आतुर रहेको बारे समाजिक संजालबाट समेत प्रष्ट भएको देख्न सकिन्छ । अगामी हुने बैशाख ३० गतेको निर्वाचनमा आफ्नो प्रतिद्वन्दीको बिषयमा समाजिक संजालको माध्यमले बदनाम गर्न आतुर भएको समाजिक संजालबाट प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!