
वाग्लुङ, ६ वैशाख। वाग्लुङ नगरपालिका-१ मालढुङ्गा बस्ने धनुषा मिथिला नगरपालिका-१ ढल्केबगर घर भएका १८ वर्षीय सुनिल आलेको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

बाग्लुङ नगरपालिका-३ गुठीस्थित विन्दु क्षेत्रीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धौलागिरी अस्पताल वाग्लुङमा उपचारको क्रममा मुत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।