हिपमत डटकम

मंगलबार, बैशाख ०६, २०७९ || 337  पटक पढिएको

मोरङ । प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।

छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए औषधि खुवाउने कार्य सुरु गरिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेशका १४ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका चार लाख पाँच हजार ७५५ बालवालिकाकालाई भिटाभिन ‘ए’ औषधि र एक वर्षदेखि पाँच वर्ष मुनिका तीन लाख ६१ हजार ९४७ बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

त्यस्तै छ महिनादेखि २३ महिनासम्मका एक लाख ३१ हजार ६०५ बालबालिकालाई पोषक तत्व वितरण र छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई पोषण लेखाजोखा मापन गरिने उनले जानकारी दिए ।

यसैगरी मोरङ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका ८४ हजार २५ बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने जनस्वास्थ्य कार्यालय मोरङका निरीक्षक अपोलो भगतले जानकारी दिए । जिल्लाका १७ पालिकामा यसलाई अभियानकै रुपमा सञ्चालन गरिने बताइएको छ ।

जिल्लामा ७५० महिला स्वयसेविकाले पालिकाका वडावडामा रहेका केन्द्रमा बालवालिकालाई औषधि खुवाउने उनले जानकारी दिए । भिटामिन ‘ए’ खुवाउने कार्य नियमित राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रत्येक छ÷छ महिना गरिन्छ भने यस अघि गत कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!