हिपमत डटकम

सोमबार, बैशाख ०५, २०७९ || 615  पटक पढिएको

विराटनगर । विराटनगरमा निक्कै लोकप्रिय व्यवसायी तथा युवा नेता पवन सुराना राप्रपामा प्रवेश गरेका छन् । मारवाडी समूदायका सुराना समाजसेवा क्षेत्रमा समेत सक्रिय छन् ।

हाल सम्म कुनै राजनीतिक दलमा आबद्ध नरहेका सुरानाले राप्रपा प्रवेश गरेको उनले बताए । उनले आफुलाई राप्रपाका स्थानीय नेताहरुले लामो समयदेखि राप्रपा प्रवेशका लागि आग्रह गरेको बताउँदै हिन्दु धर्मको पक्षमा राप्रपाले लिएको अडानले आफु प्रभावित भएको बताए ।
धार्मिक कार्यमा समेत सक्रिय सुराना अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको वडा नम्बर २ बाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदारवारको रुपमा खडा भएका थिए । उनी नेकपा एमालेका उम्मेदवार कुमार पोखरेलसँग ४७ मतले पराजित भएका थिए ।
राप्रपाका नेता नरेश राईले सुरानाको पार्टी प्रवेशले नयाँ उत्साह थपेको बताए ।

राईले सुराना आफ्नो वडामा लोकप्रिय भएको वताउँदै आउने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको रुपमा खडा हुने उल्लेख गरे । सुरानाले समेत आफुले पुन वडाध्यक्षको तयारी गरेको जनाउँदै यस पटक सबैको सहयोग मिल्ने बिश्वास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!