हिपमत डटकम

आइतबार, बैशाख ०४, २०७९ || 859  पटक पढिएको

बिराटनगर। नेपाली काङ्ग्रेस युवा नेता तथा नेपाली काङ्ग्रेस प्रदेश एक समितिमा खुल्ला सदस्यको रुपमा लोकप्रिय मतका साथ निर्वाचित भएका राजेश गुप्तालाई आज नेपाली काङ्ग्रेस प्रदेश एक समितिको बैठकले कोषाध्यक्ष पदमा मनोनित गरेको प्रदेश एक सभापति उद्धव थापाले हिपमत डटकमलाई टेलिफोन मार्फत जानकारी दिएका छन्।

राजेश गुप्ता मोरंग क्षेत्र न -५ बिराटनगर रानीका निवासी हुन्। उनि जनता माझ लोकप्रिय छन्। गत प्रदेश सभाको निर्वाचनमा झिनो मतले पराजय भोगेका गुप्ता निर्वाचित प्रदेश सांसदभन्दा पनि धेरै मिहनेत आफ्नो क्षेत्रमा गर्दै आएका छन्।

गुप्ता यस अघि नेपाली काङ्ग्रेस मोरंगको सदस्यको रुपमा समेत काम गरिसकेका छन्।

आज नेपाली काङ्ग्रेस प्रदेश एक समितिको बैठकले आफुलाई प्रदेश कोषाध्यक्षको महत्वपूर्ण जिम्मेवारी दिएकोमा समितिका सम्पूर्ण पदाधिकारिलाई उनले धन्यावाद दिए।

पद पाउनु मात्र ठुलो कुरा होईन पार्टीले हामीलाई दिएको हरेक निर्देशन तथा जिम्मेवारी हामीले ईमान्दारी पुर्वक निर्वाह गर्नु पर्छ एक न एक दिन सबैको मुल्यांकन अवश्य हुन्छा गुप्ताले हिपमत डटकमलाई बताए। उनले भने मलाई बिश्वाश गरेर दिएको जिम्मेवारी ईमान्दारी पुर्वक निर्वाह गर्ने छु।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!