हिपमत डटकम

आइतबार, बैशाख ०४, २०७९ || 428  पटक पढिएको

मस्को, ४ वैशाख । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ ।

प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा अवरुद्ध गरिएको रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले एक ब्रीफिंगमा बताएका छन् । उनले यो अवधिमा १ हजार ४ सय ६४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको समेत बताएका छन् ।

आजोभ सागरको एक प्रमुख बन्दरगाह शहरको रूपमा मारिउपोल रूस–युक्रेन द्वन्द्को सबैभन्दा खराब हिंसाको साक्षी बनेको छ ।

यता युक्रेनी रक्षा मन्त्रालयले शुक्रबार उसको सेनाले शहरलाई घेराबन्दी गरेको झण्डै सात हप्तापछि पनि मारियुपोलमा रुसीहरूसँग लडिरहेको जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारियुपोलमा रहेका युक्रेनी सेनालाई हटाएमा रुससँग जारी कुनै पनि प्रकारको वार्तालाई अन्त्य गर्ने चेतावनी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!