हिपमत डटकम

बुधबार, चैत्र ३०, २०७८ || 412  पटक पढिएको

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित बनेका छन् । यही चैत २७ देखि २९ गतेसम्म चलेको महासंघको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।

यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला निर्वाचित भएका छन् । यस्तै, ऐनकुमारी शाही र हरिशरण केसी समेत वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेको सिटौलाले बताए । महासंघको तीन वर्षे कार्यकालका लागि ७६ जनाको कार्यसमिति समेत महाधिवेशनबाट निर्वाचित बनेका छन् ।

यसैगरी, महासंघको महासचिवमा डेकनाथ गौतम, उप–महासचिवमा पुरुषोत्तम सिंखडा, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा अर्जुन गौतम, वर्गीय संयोजकहरू प्रकाश तिवारी, रामप्रसाद घिमिरे, रामसुन्दर परियार, प्रदेश संयोजकमा केदार पौडेल, केन्द्रीय सदस्यहरूमा खड्गबहादुर विश्वकर्मा, दिलबहादुर श्रेष्ठ निर्वाचित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!