
खोटाङ, २०७८ चैत्र २८ गते । खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका-७ स्थितमा बिधुतको नाङ्गो तारमा छुदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ४ बजे उदयपुरबाट खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामाई गाउपालिका-४ का २६ बर्षीय प्रताप खड्काले बिधुतको नाङ्गोतारमा छुन पुगी करेण्ट लागि भएकोमा तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।
चालक उदयपुर त्रियुगा नगरपालिका-१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।