हिपमत डटकम

सोमबार, चैत्र २८, २०७८ || 422  पटक पढिएको

विराटनगर २८ चैत । मैथिली भाषाको संदेशमुलक बहुचर्चित गीत बिदेश हम जाएब कमाएला रुपैया शिर्षकको गिति भिडियो बैशाख १ गते रिलिज हुने भएको छ ।

 

२०७९ बैशाख १ गतेकादिन मैथिली अनलाइनको आधिकारीक यूट्युब च्यानलबाट यो गीत रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ । नवबर्षको सन्दर्भ पारेर मैथिली अनलाइनको संचालक संस्था मिथिलेश्वरी मिडिया प्रालिले विराटनगर–१ पोखरियाको बिजयपुर टोलमा आयोजनागर्न लागेको मैथिली सांस्कृतिक कार्यक्रमकाबीच यो म्यूजिक भिडियो रिलिज गर्ने तयारी गरिएको मिथिलेश्वरी मिडियाका अध्यक्ष नवीन कर्णले बताउनुभयो ।

 

गीतमा पारिवारिक तथा सामाजिक अवस्थाका कारण युवाहरु रोजीरोटिकालागि बिदेश जानुपर्ने बाध्यात्मक अवस्थाहरुको मार्मिक चित्रण गरिएको छ । मैथिली अनलालाइनको प्रस्तुति रहेको यस गीति भिडियोको मिथिलेश्वरी मिडिया प्रालिले निर्माण गरेको हो ।

 

कर्ण संजयको शब्द रहेको यस गीतमा प्रबलदीप विश्वास,प्रज्वल कर्ण र अनु चौधरीले स्वर भरेका छन । गीतमा संगित समेत प्रबलदिपकैे छ । यसगीतको म्यूजिक भिडियोमा बहुमुखी प्रतिभाका धनि पत्रकार वीरेन्द्र साह,लजिना सुवेदी,नवीन कर्ण,राजमणि न्यौपाने र पुनम कामत लगायतका कलाकारहरुले अभिनय गरेका छन । गीति भिडियोको निर्देशन राजु चौधरीले गर्नुभएको छ ।

 

बैशाख १ का दिन विराटनगर १ पोखरियाको बिजयपुर टोलमा आयोजना गरिने मैथिली सांस्कृतिक कार्यक्रमकाबीच साँझ ६ बजे यो गीत भिडियो मैथिली अनलाइनको अधिकारिक यूट्युब च्यानल मार्फत रिलिज गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!