
बैंकिङ कसुर मुद्दामा प्रहरीले काभ्रेको पनौती नगरपालिका–८ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पनौती घर भएकी ४० वर्षीया लक्ष्मी कार्की छिन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरेर उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । काठमाडौं बस्ने प्रकाश खरेलसँग ‘ऋण तिर्न’ भनेर लिएको ८० लाख नगद फिर्ता नगरेर उनले चेक दिएकी थिइन् ।
कार्कीले दिएको कृषि विकास बैंकको चेक बाउन्स भएपछि खरेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । कार्कीलाई हिरासतमा राखेर बैकिङ कसुर तथा सजाय ऐन–२०६४ अनुसार अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।