हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 355  पटक पढिएको

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-७ नागस्वती बस्ने २२ वर्षीय सन्देश ब्लोनलाई नियन्त्रित लागुऔषध ट्रामा १ हजार ४० पिस, नाईट्राभेट ५ सय २५ ट्याब्लेट र कोरेक्स १० बोतल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागुऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!