सन्तोष कुमार बास्तोला

शनिबार, चैत्र २६, २०७८ || 530  पटक पढिएको

बिराटनगर। नासा ईन्भेष्टमेन्ट प्रा.लि ले आफ्नो शाखा कार्यालय इनरुवामा उद्घाटन गरेको छ। भब्य कार्यक्रमको आयोजना गरेर नासा ईन्भेष्टमेन्ट प्रा.लि ले आफ्नो पहिलो शाखा इनरुवामा उद्घाटन गरेको हो।

बिराटनगरलाई केन्द्र बनाएर बिभिन क्षेत्रमा सेवा दिदै आएको नासा ईन्भेष्टमेन्ट प्रा.लि ले सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवामा सेवाग्राहीलाई सहज होस् भनि शाखा संचालनमा ल्यएको नासा ईन्भेष्टमेन्ट प्रा.लि का प्रमुख अरबिन्द मेहेताले हिपमत डटकमलाई जानकारी दिए।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेकाका पुर्व कार्यकारी अधिकृत सीईओ चन्द्र सिंह साउत तथा जिल्ला प्रसाशन कार्यालय सुनसरीका सहायक सी डी यो जोरासिंह माझीको सयुक्त हातबाट रिवन काटेर शाखा कार्यालयको उद्घाटन गरिएको हो। शाखा कार्यालयको उदघाटन संगै बिहानदेखि नै आखा, कान नाक घाटी स्वास्थ्य शिबिर ,रक्तदान कार्यक्रम समेत नासाले आयोजना गरेको हो ,यस संगै देश तथा बिदेशमा चर्चित रहेका गायकहरुको समेत प्रस्तुति सांस्कृतिक कार्यक्रममा राखिएको थियो कार्यक्रम साझको ७ बजेसम्म संचालन भएको हो।

कार्यक्रममा बरिष्ठ गायक रामा मण्डल ,गायक प्रितम आचार्य। नितिन गजुरेल ,प्रवालादीप बिश्वाश र प्रकाश अनुरागले आफ्नो प्रस्तुति राखेर उपस्थित अतिथि तथा दर्शकहरुको मन जितेका थिए।

गायक रामा मण्डलले १००० भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएका छन्। कहा छौ कहा ,यो केटिको ठिक छैन छाला ,हमारे डाला लगायतका आफ्ना दर्जनबन्दा बढी गीता गाएर दर्शकलाई मनोरंजन दिएका थिए। भारतीय जी टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो सारेगामपा लिटल च्याम्सबाट देश तथा बिदेशमा ख्याती कमाएका गायक प्रितम आचार्यले आफ्नो प्रस्तुति दिएर दर्शकको मन जितेका थिए ,कार्यक्रममा गायक प्रवाल्दीप बिश्वाशाले आफ्नो चर्चित मैथिली तथा नेपालि गीत गाएका थिए। नितिन गजुरेलले आफ्नो नया तथा पुराना गीतहरु राखेका थिए। प्रकाश अनुरागले पनि आफ्नो दमदार प्रस्तुतिले दर्शकको मन जितेका थिए।

कार्यक्रममा इन्जिनियर कमलेश्वर ठाकुर,वान प्रदेश नम्बर १ का कोषाध्यक्ष तथा रेडियो नागरिकका संचालक अरबिन्द मेहेता,नासा ईन्भेष्टमेन्ट प्रा.लि का सल्लाहकार रंजय मेहेता लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। नासा ईन्भेष्टमेन्ट प्रा.लि ले आफ्नो दोस्रो शाखा यहि २७ गते सुनसरीको देवानगंजमा उद्घाटन गर्ने प्रालिका प्रमुख अरबिन्द मेहताले बताए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!