हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 347  पटक पढिएको

काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका-१ नाङलेबजार स्थित सडकमा बा.४ ख ६३७९ नम्बरको टिपर सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा टिपरका सहचालक धादिङ थाक्रे गाउँपालिका-७ घर भएका २० वर्षीय किरण बास्कोटाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ दोबिल्लास्थित सडकमा ना.५ त २५९३ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १ सय मिटर तल निलगिरी खोलामा खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सिरहा घर भएका ४० वर्षीय जितेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-३ ड्राईभरटोलस्थित सडकमा लु.२२ प ६९२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सैनामैना नगरपालिका-३ बस्ने ३० वर्षीय कृष्ण चन्द्र खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी महोत्तरी जिल्लाको बलवा नगरपालिका-११ रौजा मजारस्थित सडकमा बिआर ३० ए ०४८५४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ भगवतिपुर बस्ने १६ वर्षीय नौसाद लहेरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा हुँदै विराटनगर न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!