हिपमत डटकम

शुक्रबार, चैत्र २५, २०७८ || 397  पटक पढिएको

काठमाडौं, २५ चैत। काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित बिनोद बानियाको न्यू बिबि एण्ड सन पसलमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा पसलमा भएको फम, रेक्जिन र धागोको डोरी जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने मुक्ति तिमल्सिनाको बाख्रा पालन गर्ने खोरमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा खोर पूर्णरूपमा जलेर करिब १४ लाख ५७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्सैगरी भोजपुर, हतुवागढी गाउँपालिका-१ हर्कास्थित समुदायिक वनमा बिहीबार दिउँसो लागेको डढेलो फैलिएर सोही ठाउँ बस्ने ज्ञान बहादुर राईको घरमा समेत आगलागी हुँदा घर र घरभित्र रहेको काठपात, लत्ताकपडा, अन्नपात्त, भाँडावर्तन लगायतका सरसामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ईलाम, फाकफोकथुम गाउँपालिका-१ चित्रे बस्ने भक्त बहादुर राईको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्सैगरी झापा, कनकाई नगरपालिका-३ स्थित सडकमा को.१ ख ७६३६ नम्बरको ट्रकको वाईरिङ सर्ट भई गएराति आगलागी हुँदा ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर करिब २० लाख ४३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!